अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – स्पेनिस ला लिगा अन्तर्गत शीर्ष स्थानको बार्सिलोनाले डिपोर्टिभो एलाभेसमाथि सहज जित निकालेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले डिपोर्टिभोलाई चार– एक गोल अन्तरले हरायो ।
खेलको १४ औं मिनेटमा एन्टोइज ग्रिजमनको गोलमा बार्सिलोनाले खेलमा अग्रता बनायो । त्यसपछि ४५ औं मिनेटमा अर्टुरो भिडालको गोलमा बार्सिलोनाले अन्तर दुई–शून्यमा पुर्यायाे ।
पहिलो हाफमा दुई–शून्यको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्दा डिपोर्टिभोले एक गोल फर्कायो ।
५६ औं मिनेटमा डिपोर्टिभोको तर्फबाट पीरी पोन्सले गोल गर्दै गोल अन्तर दुई–एकमा पुर्याए तर ६९ औं मिनेटमा लियोनल मेस्सीको गोलमा बार्सिलोनाले अन्तर तीन–एकमा पुर्यायाे ।
यो गोलसँगै सन् २०१९ मा क्लब र देशमा गरी लियोनल मेस्सीले गोल संख्या ५० पुर्याएका छन्।
त्यसपछि ७४ औँ मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो । जसलाई लुइस स्वारेजले गोलमा परिणत गर्दै अन्तर चार–एकमा पुर्याए । त्यसपछि एलाभेसले थप गोल गर्न सकेन र बार्सिलोना चार–एकले विजयी भयो ।
यो जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियाल मड्रिडसँगको दुरी तीन अंकमा पुर्याएकाे छ । १८ खेलमा बार्सिलोनाको ३९ अंक भएको छ । रियालको ३६ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।