तराईमा हुस्सु र कुहिराे : एक/दुई दिन पानी पर्ने र हिमपातकाे सम्भावना छैन

 पुष ९, २०७६ बुधबार ८:४०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम बदली भइ तराईमा हुस्सु र कुहिरो लागेको छ ।

केही दिनयता तराईका क्षेत्रमा बिहानको समयमा लगातार कुहिरो लाग्दै आएकोमा आज भने पोखरा आसपासको क्षेत्रमा पनि बाक्लो कुहिरो लागेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले हुस्सु र कुहिरो लागेको ठाउँमा पनि दिउँसो घाम लाग्ने सम्भावना छ । केही ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली रहनेछ । नेपालमा कुनै पनि नयाँ प्रणाली नदेखिएकाले अबको एक दुई दिन पानी पर्ने वा हिमपात हुने सम्भावना नभएको उहाँले बताउनुभयो ।

काठमाण्डाैकाे बुधबार बिहानको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएकाे साेमबार पनि काठमाण्डाैको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो । 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया