‘बक्सिङ डे’ टेस्ट : पहिलाे दिन न्यूजिल्याण्डविरुद्ध अस्ट्रेलिया चार विकेट गुमाएर २५७ रन

 पुस १०, २०७६ बिहिबार १५:२४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजिल्याण्डविरुद्ध मेलबर्नमा सुरु भएको ‘बक्सिङ डे’ टेस्ट म्याचको पहिलो दिन अस्ट्रेलियाले चार विकेट गुमाएर २५७ रन बनाएको छ ।

घरेलु टोली अस्ट्रेलियाका स्टिभ स्मिथ ७७ तथा ट्राभिस हेड २५ रन बनाएर क्रिजमा छन् । पहिलो दिन ९० ओभरको खेल सकिँदा अस्ट्रेलियाका मार्नस लाबुशेनले पनि अर्धशतक बनाए ।

न्यूजिल्याडका कप्तान केन विलियम्सनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका थिए । अस्ट्रेलियाका रोरी बर्न्सलाई खाता नै खोल्न नदिइ ट्रेन्ट बोल्टले पेभेलियन पठाएका थिए ।

त्यसपछि डेभिड वार्नर मार्नस लाबुशेन मिलेर दोस्रो विकेटका लागि ६० रन जोडे । त्यसछि डेभिड वार्नर ४१ रन बनाएर निल वाग्नरको बलमा आउट भए । ६१ रन जोड्दा २ विकेट गुमाएको अस्ट्रेलियाका लाबुशेन र स्टिभ स्मिथले उत्कृष्ट साझेदारी गर्दै दुवैले अर्धशतक बनाए । लाबुशेन ६३ रन बनाएर आउट भए ।

स्टिभ स्मिथ र म्याथ्यू वेडले अर्धशतकीय साझेदारी गरे । म्याथ्यू वेड ३८ रनमा आउट हुँदा स्मिथ ७७ र क्रिजमा आएका ट्राभिस हेड २५ रनमा अविजित छन् । न्यूजिल्याण्डका काेलिन डी ग्राण्डहोमले सर्वाधिक २ विकेट लिँदा वाग्नर र वोल्टले एक-एक विकेट लिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया