भारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका चन्दले लुम्बिनीबाट एनपी...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
१९ औं चरणको खेल जारी रहँदा युनाइटेडको यो सातौं जित हो । बिहीबार राति भएको खलमा युनाइटेडले न्यू क्यासल युनाइटेडलाई ४–१ गोल अन्तरले हरायाे । न्यु क्यासलले गोल गर्दै अग्रता लिए पनि अग्रता जोगाउन सकेन ।
न्यू क्यासलका माटी लंगस्टाफले १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २४ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि एन्थोनी मार्सलले गोल गर्दै खेल बराबरीमा ल्याए । ३६औं मिनेटमा मेसन ग्रीनवूड र ४१ औं मिनेटमा मार्कस रसफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा म्यानचेस्टरले १ गोल थप्याे । ५१ औं मिनेटमा मार्सलले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेड १९ खेलबाट २८ अंकसहित सातौं स्थानमा छ ।
पराजित भएको न्यू क्यासल भने १० औं स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।