तराईमा अझै केही दिन चिसाे नघट्ने माैसमविद्काे भनाइ

 पुष ११, २०७६ शुक्रबार ८:५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तराईमा अझै केही दिन चिसो नघट्ने मौसमविद्ले बताएका छन् ।

केही दिनदेखि लागिरहेको हुस्सु शुक्रबार दिनैभरि हट्ने सम्भावना नरहेकाले चिसो नहट्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

गएकाे बुधबार र बिहीबार बिहान लागेकाे हुस्सु दिउँसो केहीबेर हटे पनि आज भने दिनभर नै हुस्सु लाग्ने उहाँले बताउनुभयो । पानी पार्ने वायुको प्रणाली नदेखिएसम्म तराई क्षेत्रमा कुहिरो हट्ने सम्भावना नभएको पनि उहाँले जानकारी दिनुभयो ।

काठमाण्डाैसहित देशका पहाडी भेगमा बिहान लागेको कुहिरो दिउँसो बिस्तारै हट्ने भए पनि पूर्णरुपमा घाम लाग्ने सम्भावना भने छैन । शुक्रबार बिहान पौने ६ बजेको काठमाण्डाैकाे तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियाे ।

बिहीबार काठमाण्डाैकाे न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियससम्म झरेको थियो ।

यस्तै जुम्लाको माइनस ७ डिग्री, दोलखाको जिरीको माइनस ३ दशमलव ५, डडेलधुराकाे १ दशमलव ७ र दिपायलको ३ दशमलव ५ डिग्री सेल्सियसम्म मापन गरिएको छ ।

तर तराईका कतिपय क्षेत्रको अधिकतम र न्यूनतम तापक्रम भने थोरै मात्र घटबढ भएकाले जाडो धेरै महसुस भएको मौसमविद् पोख्रेलले बताउनुभयो ।  

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया