यू–१९ महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले दियाे थाइल्य...
कात्तिक २१, २०८१ बुधबार
कास्की - पोखरा प्रिमियर लिग क्रिकेटको उपाधिका लागि आज चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हु्ँदैछ ।
पोखरा मैदानमा बिहान साढे ११ बजे हुने प्रतियोगितामा दुवै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् । चितवन अघिल्लाे संस्करणमा पोखरा पल्टनसँग पराजित भएपछि उपाधि जित्न असफल भएको थियो भने विराटनगर पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।
चितवन जारी प्रतियोगितामा अपराजित रहँदै सिधै फाइनल प्रवेश गर्दा विराटनगर भने एलिमिनेटर राउण्डमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको अघिल्लो दिन पोखरामा चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप ऐरीले प्रि म्याच कन्फ्रेन्समा कुरा गर्दै लक्ष्य उपाधि जित्ने नै रहेको बताएका छन् ।
चितवनका कप्तान पारसले अहिलेसम्म राम्रो प्रदर्शन हुँदै आएको र अब एक पटक च्याम्पियन बनाउनका लागि शनिबार पनि टिमबाट आफू खेलाडीबाट त्यस्तै प्रदर्शनको अपेक्षा रहेको बताए ।
सबै खेलमा विजयी भए पनि टिममा केही कमी कमजोरीहरु रहेको स्वीकार गर्दै कप्तान खड्काले त्यसलाई सुधार गरेर मैदान उत्रने पनि उल्लेख गरे । गत संस्करणमा फाइनलमा पराजित भएको प्रसंगमा कुरा गर्दै कप्तान खड्काले एक वर्षमा धेरै कुराहरु भइसकेकाले त्यतातर्फ आफूले नसोचेको जवाफ दिए । उनले दुवै टिम उत्कृष्ट भएकाले नै फाइनलमा पुगेको बताउँदै फाइनल पनि झनै उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।
पहिलो पटक कप्तानी गरेका विराटनरका प्रदीप ऐरीले आफू फाइनलका लागि उत्साहित रहेको बताएका छन् । टिमका सबै खेलाडीले राम्रो खेलिरहेको बताउँदै फाइनलमा गल्तीहरु कमभन्दा कम गर्ने रणनीतिका साथ मैदान उत्रने पनि बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।