यू–१९ महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले दियाे थाइल्य...
कात्तिक २१, २०८१ बुधबार
कास्की - पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।
समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले फाइनलमा पनि विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ प्राप्त गरेकाे छ ।
उप विजेता भएको विराटनगर टाइटन्सले १० लाख रुपैयाँ पाएकाे छ ।
पोखरा मैदानमा शनिबार भएको फाइनलमा २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १७० रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि मुहम्मद जैद आलमले सर्वाधिक ५७ तथा प्रदिप सिं ऐरीले ३६ रन बनाए ।
बलिङतर्फ चितवनका करण केसीले तीन, सन्नि पटेलले दुई र राेहन मुस्तफाले समान १ विकेट लिए ।
यसअघि चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियाे । पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा ठूलो लक्ष्य दिन सफल भएकाे थियाे ।
पहिलो विकेटका लागि रोहन मुस्तफा र पारस खड्काले ३६ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पारस २५ रन बनाएर आउट भएका थिए। ११ बल फेस गरेका पारसले ४ चौका र एक छक्का प्रहार गरेका थिए ।
पारसपछि क्रिजमा आएका बाबर हायात भने धेरै बेर क्रिजमा टिक्न सकेनन् । बाबर ६ रन बनाएर आउट हुँदा चितवनले ४५ रनमा २ विकेट गुमाउन पुग्यो । त्यसपछि अनिल शाहसँग रोहन मुस्तफाले ९५ रनको साझेदारी गर्दै चितवनको स्कोर १४० मा पुर्याएका थिए ।
यसबीचमा तेस्रो विकेटको रुपमा साह आउट हुँदा उनले अर्धशतक बनाएका थिए । ३४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५० रन बनाएका थिए । १४२ रन हुँदा चौथो विकेट गुमाउँदा रोहन मुस्तफा पनि व्यक्तिगत ५० रनमा आउट भएका थिए ।
१९ रन जोडेका आरिफ शेख पाँचौं विकेटको रुपमा आउट हुन पुगेका थिए । आरिफ शेखले ११ बलमा २ छक्का र १ चौका प्रहार गरेका थिए । त्यसपछि सन्नी पटेल र करण केसीले चितवनको इनिङ्स अघि बढाएका थिए ।
करणले पनि ८ बलमा २ छक्का र २ चौकाको मद्दतले २६ रन जोड्दा सन्नीले ८ बलमा २ चौकाको मद्दतले १६ रन बनाएका थिए। विराटनगरका लागि पुनित मेहरा र मोहम्मद जइद आलमले दुई दुई विकेट लिँदा किशोर महतोले एक विकेट हात पारेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।