दुई करोड लगानीमा सडक बत्ती

 पुस १९, २०७६ शनिबार ११:४९:५८ | रासस
unn.prixa.net

दाङ - दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान सुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो  चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान सुरु गरेकोे  हो ।

घोराही बजारको  कुटवालखोलादेखि रतनपुरचोक, नेपाल बैंक लिमिटेडदेखि शहीदगेट र तुलसीपुरचोकदेखि दामोदर चोकसम्मको  सडकको बीच भागमा ७१ वटा विद्युतीय सडक बत्ती जडानको  काम सुरु गरिए को  छ ।

उपमहानगरले सडक बत्ती जडानको जिम्मा एपेक्स नेपाललाई दिएको छ । विज्ञापन सामग्री राख्ने  गरी घोराही उपमहानगरपालिका र एपेक्स नेपालबीच विद्युतीय सडक खम्बा बत्तीसहित यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण तथा जडान गर्ने सम्झौता भएको  छ ।     

एपेक्स नेपालले  दुर्ई करोडको  लगानीमा विज्ञापन सामग्री राख्ने  गरी विद्युतीय सडक बत्ती, यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण गर्ने बताएको छ । एपेक्स नेपालका प्राविधिक प्रमुख अनन्त न्यौपानेले  पहिलो  चरणअन्तर्गत विद्युतीय सडक बत्ती जडानको  काम सुरु गरिएको बताउनुभयो ।

“पहिलो  चरणअन्तर्गत ७१ वटा खम्बामध्ये  ५० वटा खम्बा जडान भइसकेका छन्”, उहाँले  भन्नुभयो, “दुई दिनभित्रै बाँकी खम्बा जडानको  काम सम्पन्न गर्छौं ।” जडान गरिएका विद्युतीय खम्बा अटोमेटिक रहेकोे  उहाँले बताउनुभयो ।

कम्पनीले  सम्झौताअनुरुप दोस्रो चरणअन्तर्गत घोराहीको  विभिन्न स्थानमा गरी १५ यात्रु प्रतीक्षालय र पाँच ठाउँमा ट्राफिक आइल्याण्ड निर्माण गर्नेछ ।     

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया