कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्यो ‘टाटा नेक्सन’

 पुस २३, २०७६ बुधबार २०:४५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले बिक्री गर्दै आएको टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाइ बन्ने पुगेको छ ।

टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । 

यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु‍र्‍याइएको छ । २०९ एम एम ग्राउन्ड क्लियरेन्स र डबल फ्रन्टल एयर ब्याग एबीएस, इबीडीजस्ता विशेषताले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरु र व्यावसायिक क्षेत्रहरुबाट कारकाे अग्रिम बुकिङ भइरहेको कम्पनीले जनाएकाे छ। एयरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन डिजेल र पेट्रोल इन्जिनमा गरी विभिन्न छ वटा भेरियन्टहरू उपलब्ध छ ।

नयाँवर्षमा नयाँ कार योजनाले पनि ग्राहकमा थप उत्साह बढाएकाेको कम्पनीले जानकारी दिएको छ । यो योजना अनुसार जनवरी महिनाभरि नै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आकर्षक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज, डिनर लगायतका स्किमहरु रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया