सल्यानमा गाडी पल्टिँदा चालकको ज्यान गयो, १७ जना घाइते

 पुस २४, २०७६ बिहिबार १९:३४:५४ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको सल्लिबजारमा गाडी पल्टिदा एक जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।

घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइते १७ जनाकै नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट जाजरकोटका लागि छुटेको भे १ ख २५७३ नम्बरको गाडी दुर्घटना हुँदा चालकको ज्यान गएको हो । गम्भीर घाइते भएका भेरिगंगा नगरपालिका छिन्चुु सुर्खेतका चालक ३५ वर्षीय प्रकाश शर्माको ज्यान गएको प्रहरीले जनाएको छ ।

छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका– ११, बालुवासंग्रही नजिक गाडी सडकबाट १ सय ५० मिटर तल खसेको थियो । घाइते हुनेमा सशस्त्र प्रहरीबल सल्यानमा कार्यरत होम पंगाली, भेरि गंगा नगरपालिका सुर्खेतका शान्त कुमार तिरुवा, शारदा नगरपालिकाका भुमबहादुर बुढाथोकी तथा बनगाड कुपिण्डे नगरपालिकाका अनिष विश्वकर्मा रहेका छन् ।

यस्तै, जाजरकोट छेडाका सहचालक गोपाल वड, जाजरकोट कुसे –५ का दलबहादुर रोकाय, बनगाड कुपिण्डे-३ का वडा सदस्य भिमवहादुर बुढाथोकी घाइते भएका छन् ।

यसैगरी रुकुम चौहरजारीका विजय दर्लामी, रसुवा घर भएकी मालती आचार्य, जाजरकोट साल्माका पदम रोकाय, सल्यान श्रीनगरका गौतम बुढाथोकी, ज्वालादलगण लमजुङका पूर्णबहादुर सुनार, ललितपुर पाटनकी रजनी श्रेष्ठ तथा जाजरकोट छेडागाड नगरपालिकाकी भगवती उपाध्याय र काठमाण्डौकी अनिता मानन्धर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया