हारपछि स्वारेज भन्छन्– प्रशिक्षकलाई दाेष दिन मिल्दैन, हामीले नै धेरै कुरामा सुधार गर्नु पर्छ

 पुस २५, २०७६ शुक्रबार १२:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँगको हारपछि बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्डेविरुद्ध सम्पूर्ण नतिजाको आरोप लागिरहेको छ  । तर बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले भने हारको कारण एर्नेस्टो भाल्भर्डे नभएको बताएका छन् । 

बिहीबार भएको खेलमा बार्सिलोना एट्लेटिकोसँग तीन–दुई गाेलअन्तरले पराजित भएको थियो । समग्रमा बार्सिलोनाले पाँच गोल गरेको थियो तर तीन गोल भने भीएआरको कारणले मान्य भएन । खेलपछि स्वारेजले आफूहरुले धेरै कुराहरु सुधार्नु पर्ने बताएका छन् । 

‘नतिजाको सम्पूर्ण दोष भाल्भर्डेलाई दिन मिल्दैन, यो नतिजा हाम्रै कारण प्राप्त भएको हो’, ‘हामीले उत्कृष्ट प्रदर्शन गरेका थियाैँ तर अन्तिमममा सम्हालिन नसक्दा नतिजा हाम्रो हातबाट गुम्यो’ स्वारेजले थपे । 

बार्सिलोनाका लागि मेस्सीको दुई गोल तथा पिकेको एक गाेल भीएआरको कारण मान्य भएन । यसबारे बोल्दै स्वारेजले आफू अहिले पनि भीएआरबारे सोचिरहेको बताए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया