सामाजिक सञ्जालमार्फत ‍ठगी गरेकाे आराेपमा पाँच जना पक्राउ

 पुस २५, २०७६ शुक्रबार १५:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) महाराजगञ्ज, काठमाण्डौले विदेशबाट पार्सल पठाएको भन्दै ठगी गर्ने नेपाली, नाइजेरियन र आइभाेरी कोस्टका पाँच जनालाई पक्राउ गरेकाे छ। 

फेसबुक, ह्वाट्सएप, भाइबर, इमाे र ट्विटरमार्फत बहुमूल्य सामान, गहना, पैसा जस्ता पार्सल पठाएको भन्दै ठगी गरेको अभियोगमा उनीहरु पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा मुख्य अभियुक्त नाइजेरियाका ४० वर्षीय साइरिल चिनन्सो आइबे, आइभाेरी कोस्टका २३ वर्षीय आसापे अज्दी, चितवन घर भएर खुसिबु बस्दै आएका ४० वर्षीय रामचन्द्र गैरे रहेका छन् ।

यस्तै, ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवन कालीनगर घर भएर बनस्थली बस्दै आएका ३१ वर्षीय हरि ओझा पक्राउ परेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरुलाई साथी बनाइ पार्सलमा आएको सामान लिनको लागी बैंक खातामा पैसा जम्मा गर्न लगाउने गरेको प्रहरी जनाएको छ । 

उनीहरुलाई काठमाण्डौको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सीआइबीले पक्राउ परेका सबैलाई ठगी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ । पीडितहरुको समस्या समाधानका लागी समेत आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया