'एमसीसी'मा एक मत बनाउन नेकपाले थाल्याे छलफल, राष्ट्रिय सभा संसदीय दलले परराष्ट्र मन्त्रीसँग जानकारी लियाे

 माघ ६, २०७६ सोमबार १३:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा जानकारी लिएको छ । 

सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवादका बारेमा मन्त्री ज्ञवालीसँग जानकारी लिएका हुन् । 

राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दलभित्र एमसीसीका विषयमा एउटै मत बनोस् भन्ने उद्देश्यले मन्त्री ज्ञवालीसँग छलफल गरिएको जानकारी दिनुभयो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको यो दलको बैठक हो । यसमा हामीले एमसीसीको बारेमा परराष्ट्र मन्त्रीसँग स्पष्ट हुन चाहेका थियौँ र उहाँले स्पष्ट पार्नुभयो । अब यो विषयमा हाम्रो दलभित्र एउटै मत बनोस् भन्ने हिसाबले प्रस्तुत भएका छौँ ।’

पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न र एमसीसीका विषयमा स्पष्ट हुन भन्दै नेकपाको राष्ट्रिय सभा संसदीय दलले परराष्ट्र मन्त्री ज्ञवालीसँग जानकारी लिएकाे हाे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया