ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गयाे

 माघ ६, २०७६ सोमबार १५:२२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको ऐँसेलुखर्कमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएको छ । 

हलेसीबाट रावाबेँसी गाउँपालिकाको रभुवातर्फ जाँदै गरेको ना ५ त ७१५४ नम्बरको रित्तो ट्रयाक्टर आइतबार राति दिक्तेल-हलेसी सडक खण्डको ऐँसेलुखर्कमा दुर्घटना हुँदा चालककाे ज्यान गएकाे हाे । दुर्घटनामा ज्यान गुमाउनेमा उदयपुर त्रियुगा नगरपालिका-६ जलजले घर भएका २८ वर्षीय देवनारायण चौधरी रहेका छन् ।

ट्रयाक्टरले च्यापिएर चालक चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । अनियन्त्रित भएको ट्रयाक्टर सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) बामदेव गौतमले बताउनुभयो । 

दुर्घटनामा रौतहट चन्द्रनिगाहपुर घर भई हलेसीमा व्यवसाय गर्दै आउनुभएका २० वर्षीय राजु शाह घाइते हुनुभएकाे छ । उहाँकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया