नेपाल आयल निगम बन्याे मनाङकाे मुख्य प्रायोजक

 माघ ६, २०७६ सोमबार १५:३३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको साविक विजेता मनाङ मर्स्याङ्दीसँग मुख्य प्रायोजकका रुपमा नेपाल आयल निगमले सम्झौता गरेको छ।

अघिल्लो वर्ष सिग्नेचर मनाङकाे मुख्य प्रायोजक रुपमा रहेको थियाे। निमगले मनाङलाई एक वर्षका लागि सम्झौता गरेको हो । अब, मनाङको नामको अगाडी  एनओसी जोडीने छ । प्रायोजन बापत निगमले मनाङलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउने छ।

सम्झौतापत्रमा मनाङका अध्यक्ष क्षिमी उर्गेन र आयल निगमका प्रमुख सुरेन्द्र पौडेलले हस्ताक्षर गर्नुभएको थियो । यसका साथै आयल निगम अङ्कित लोगो मनाङको जर्सीमा राखिनेछ ।

जारी लिगमा स्टार खेलाडी बिना नै लिग खेलिरहेको मनाङ शीर्ष तीनमा रहेको छ । यो सिजनमा मनाङ मर्स्याङ्दीमा रहेका ६ खेलाडी क्लब छोडेर मच्छिन्द्रमा अनुबन्ध भएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया