नेपालीहरु विदेश घुम्दा ५ महिनामै बाहिरियो साढे ३१ अर्ब रुपैयाँ : पढ्न जानेहरुको खर्च १५ अर्ब !

 माघ ६, २०७६ सोमबार १५:५१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालीले विदेश घुम्न र अध्ययनमा साढे ३१ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको रिपोर्ट अनुसार साउनदेखि मंसिरसम्म नेपालीले विदेश भ्रमण र शिक्षामा गरी ३१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् । 

भ्रमणको लागि १६ अर्ब ७६ करोड रुपैयाँ र शिक्षातर्फ १४ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले वैदेशिक अध्ययनको लागि जानेहरुको खर्चलाई पनि वैदेशिक भ्रमण व्ययमै राख्ने गरेको छ । 

तर, यो रकम गएको वर्षको ५ महिनाको अवधिमा २३ दशमलव ७ प्रतिशतले कम हो । गएको वर्षको सुरुको ५ महिनामा भ्रमण व्यय ४१ अर्ब ३४ करोड रुपैयाँ थियो । यसमध्ये भ्रमणमा १९ अर्ब २० करोड र शिक्षातर्फको खर्च २२ अर्ब १४ करोड रुपैयाँ  रहेको थियो ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया