अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वतीका जेठाजुलाई ४५ दिन थुनामा राखिने

 माघ ९, २०७६ बिहिबार १८:५४:१२ | इन्द्रसरा खड्का
unn.prixa.net

प्रतिकात्मक तस्बिर

अछाम - छाउगोठमा मृत्यु भएकी पार्वती बुढाका जेठाजु छत्र रावतलाई अदालत अछामले ४५ दिन कैद फैसला सुनाएको छ। 

बिहीबार जिल्ला अदालत अछामका जिल्ला न्यायाधीश नवीन कुमार जोशीको इजलासले ४५ दिन कैद फैसला सुनाएको हो । उहाँ यसअघि अदालतको आदेशमा २५ दिन प्रहरी हिरासतमा बसिसक्नुभएको छ ।

महिनावारीका बेला छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानुनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति हुन् । 

रावतकी भाइबुहारी २१ वर्षीया पार्वती बुढा रावतको मंसिर १५ गते राति छाउगोठमै ज्यान गएकाे भएको थियो । उहाँका श्रीमान् भारतमा भएकाले घरमूली रहेका छत्र रावतलाई प्रहरीले पक्राउ गरेको थियो ।

रावतविरुद्ध भेदभाव तथा अन्य अपमानजनक शीर्षकमा गएको पुस १३ मा मुद्दा दर्ता भएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया