संघीयता नरुचाउनेहरुले सरकार परिवर्तनको हल्ला फैलाए : मुख्यमन्त्री राउत

 माघ १३, २०७६ सोमबार १९:३४:३९ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता नरुचाउनेहरुले सरकार परिवर्तनकाे हल्ला फैलाएको आराेप लगाउनु भएकाे छ ।

प्रदेश २ काे सरकार परिवर्तन हुने चर्चा चलिरहेकाे बेला नेपाल इन्जिनियर्स एशोसिएन प्रदेश २ को प्रथम साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पाँच वर्षसम्म कुनै पनि हालतमा सरकार परिवर्तन नहुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘ संघीयताको प्रमुख केन्द्रबिन्दु नै प्रदेश २ हो । संघीयता नरुचाउने दलहरुले सरकार परिवर्तनकाे गलत हल्ला फैलाएको हो । जनताले म्याण्डेड दिएर पाँच वर्षका लागि बनाएको प्रदेश २ को सरकार हो । यसमा कसैले शंका उपशंका गर्दा निराधार नै हुन्छ ।’ 

संघीयता नरुचाउनेहरुले अहिले संघीयतामा धेरै कुरा व्यवस्थित हुँदै जाँदा उनीहरु नांगिने अवस्था आउने भएकाले यस्ता प्रंपच सुरु भएकाे उहाँले बताउनुभयाे ।  

उपभोक्ता समितिहरुको गएकाे वर्षको बक्यौता रकम उपलब्ध गराउने सवालमा मिलाउने काम भइरहेकाे पनि उहाँले बताउनुभयाे ।

मुख्यमन्त्री राउतले बक्यौता रकम भुक्तानी गर्ने प्रावधान संघमा पनि नरहेकोले प्रदेशमा नयाँ कानून बनाएर रकम उपलब्ध गराउने तयारीमा लागेको जानकारी दिनु भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया