कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
बर्दिया - बर्दियाको मधुवन नगरपालिका ४ मौवामा प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहबीच झडप भएको छ ।
बबई नदीको नगर किनारमा झडपमा परी प्रहरी जवान गंगाराम चौधरी घाइते हुनुभएको छ । चौधरीलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ ।
विप्लव समूहकाे बैठक भइरहेको भन्ने सुराकीको आधारमा प्रहरी मौवामा रहेको एनसेल टावर नजिकै पुगेको थियो ।
त्यसक्रममा विप्लव समूहका २ जना पक्राउ परेका छन् । अरु २ जना भने भागेका जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।