तापसी पन्नु भन्छिन्- मायामा थप्पडलाई सामान्य रुपमा लिइन्छ, तर म मारपिटवाला माया बुझ्न सक्दिन

 माघ २५, २०७६ शनिबार १५:४४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय अभिनेत्री तापसी पन्नु अभिनित फिल्म ‘थप्पड’ यही फेब्रुअरी २८ मा रिलिज हुँदैछ । अनुभव सिन्हाको निर्देशन रहेको यस फिल्ममा अमृता (तापसी पन्नु) नामकी महिला पात्रको कहानी रहेको छ ।

तिनै अमृतालाई उनका श्रीमानले मानिसहरुले भरिपूर्ण एक पार्टीमा सबैका अगाडि थप्पड हानेपछि उनी सम्बन्ध बिच्छेद गर्न चाहन्छिन् । यस फिल्मकी मुख्य अभिनेत्री तापसी पन्नुले यस फिल्मको विषयमा मिडियासँग कुराकानी गरेकी छिन् । तापसीका अनुसार उनलाई यस फिल्मका लागि कसैले अफर गरेको होइन । किनकि उनी स्वयम लामो समयदेखि नै यस किसिमको फिल्ममा काम गर्न चाहन्थिन् ।

उनले यस विषयमा भनिन्, ‘मलाई याे विषयमा आधारित फिल्ममा काम गर्न मन थियो । मैले फिल्म ‘मुल्क’ को प्रमोशनको क्रममा सर (निर्देशक अनुभव सिन्हा)सँग आफ्नो इच्छा व्यक्त गरेकी थिए । मैले उहाँलाई कसैले यस्ताे फिल्म बनाउने तयारी गरिरहेको भए मलाई खबर गर्न भनेकी थिएँ ।

पन्नुकाे जवाफमा सिन्हाले आफ्नाे दिमागमा स्टोरीको आइडिया भएकाे र त्यसलाई पूर्णरुपमा स्क्रिप्टमा परिणत गरेर मलाई उनलाई हुनेछ । फिल्म ‘आर्टिकल १५’ पूरा गरेलगत्तै सिन्हाले पन्नुलाई ‘थप्पड’ को स्क्रिप्ट दिए।’

तापसीले फिल्म थप्पडको बारेमा भनेकी छिन्, ‘प्रेममा थप्पड लगाउने विषयलाई मानिसहरु सामान्य मान्ने गर्छन । यस विषयमा भन्छन्, मायामा कहिलेकाहीँ हानथाप भइरहन्छ । तर म यस किसिमको मायालाई बुझ्न सक्दिन । जसले कसैलाई शारीरिक रुपमा हानी पुर्‍याउन सक्छ भने त्यो कस्तो माया ? सम्मान बिनाको माया कस्तो हुन्छ ? यो म बुझ्न सक्दिन।’

तापसीका अनुसार उनी सकैलाई थप्पड लगाउन सक्दिनन् । किननी उनले बाल्यकाल देखि नै थप्पड खानु परेको छैन । उनी भन्छिन्, ‘मेरा आमा बुवाले मलाई कहिल्यै पिट्नु भएन । त्यसैले मलाई कसैलाई थप्पड लगाउने कुरा सामान्य लाग्दैन । मलाई लाग्छ यि सब कुरा बाल्यवस्था देखि नै आउँछन् । आमा बुवा वा शिक्षकले यदि कुनै बालकलाई पिटेको खण्डमा उसलाई लाग्छ की उनीहरुले उसको राम्रोको लागि पिटिरहेका छन । तर थप्पड हान्नु सामान्य कुरा होइन।’

तापसीको फिल्म ‘थप्पड’को ट्रेलर रिलिज भएसँगै यस फिल्मको प्रशंशा भइरहेको छ । यसका साथै केही समय अघि रिलिज भएको अभिनेता शाहिद कपूरको फिल्म ‘कविर सिंह’ को जवाफको रुपमा पनि यस फिल्मको चर्चा भइरहेको छ ।

फिल्ममा शाहिदले अभिनेत्रीलाई थप्पड हान्ने कुरालाई त्यस फिल्ममा सामान्य देखाइएको थियो । फिल्म सुपरहिट पनि भयो तर अधिकारकर्मीले भने फिल्मको आलोचना गरेका थिए । तर अहिले त्यस फिल्मको जवाफको रुपमा आफ्नो फिल्मलाई जोडेपछि तापसीले आफ्नो फिल्म थप्पड’ को स्क्रिप्ट शाहिदको फिल्म अघि नै तयार भइसकेको हुनाले यसलाई ‘कविर सिंह’ को जवाफको रुपमा नहेरिदिन बताएकी छिन ।

साथै उनले ‘कविर सिंह’ जस्तो फिल्ममा आफु काम नगर्ने बताएकी छिन । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया