राष्ट्रिय खेलाडी कोपिला उप्रेतीद्वारा अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास

 माघ २६, २०७६ आइतबार ७:३६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : उप्रेतीकाे फेसबुक पेज

काठमाण्डाै - नेपाली महिला भलिबलकी राष्ट्रिय खेलाडी कोपिला उप्रेतीले अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास लिनुभएको छ ।

उहाँले नेपाल भलिबल सङ्घ (एनभीए)को अवार्ड कार्यक्रममा खेलबाट सन्यासको घोषणा गर्नुभएको हो । नेपाली महिला भलिबल टोलीले दक्षिण एसियाली खेलकुद (साग)को १० आठाैँ र १२औँ संस्करणमा नेपालले कास्य पदक जित्दा कोपिला टोलीको सदस्य रहनुभएको थियो ।

उप्रेतीकाे फेसबुक पेजबाट

नेपालमा सम्पन्न १३औँ सागमा उहाँबीच भलिबल टोलीमा हुनुहुन्थ्यो । झण्डै डेढ दशक नेपाली टोलीबाट भलिबल खेल्नुभएकी कोपिलाले घरेलु भलिबल प्रतियोगिता भने खेल्ने बताउनुभयो । उहाँलाई भलिबल सङ्घले हिजो ५० हजार नगदसहित सम्मान गरेको छ । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया