एपीएफलाई हराउँदै आर्मीकाे लगातार पाँचाैं जीत
चैत ४, २०८१ सोमबार
निमेन्द्र शाही/बाजुरा र विमल विष्ट/डोटी
बाजुरा र डोटीमा बँदेलको आक्रमणबाट आठ जना घाइते भएका छन् ।
बाजुराको गौमूल गाउँपालिका–३ माझपालिको धर्मोदय आधारभूत विद्यालयमा सरसरफाई गरिरहेका सात जनालाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो ।
घाइते हुनेमा ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण वि.क, ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले घाइते भएकामध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ ।विश्वकर्मालाई उपचार संभव नभएपछि अन्यत्र रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी चुडामणि पन्तले जानकारी दिनुभयो ।
विश्वकर्माको दुवै हातको औँला चुँडिएको र ढाड भाँचिएको अस्पतालले जनाएको छ । पूर्ण वि.क. र डवल रोकायाको भने हात खुट्टा र ढाडमा चोट लागेको अस्पतालले जनाएको छ । घाइते भएका चार जनालाई गौमूल स्वास्थ्य चौकीमा उपचारपछि घर फर्काइएको छ ।
यस्तै डोटीको शलेनामा पनि बँदेलको आक्रमणमा ४७ वर्षीया महिला गम्भीर घाइते हुनुभएको छ । घाइते तुलसी भण्डारीको दिपायल राजपुरको सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ ।
उहाँको शरीरमा गहिरो चोट लागेको अस्पतालका स्वास्थ्य प्रमुख अर्जुन बलायरले जानकारी दिनुभयो । खप्तड राष्ट्रिय निकुञ्जबाट जङ्गली बँदेल बस्तीमा आहारका लागि छिर्ने र गाउँलेमाथि आक्रमण गर्ने क्रम बढेको स्थानीयबासीले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।