सुर साधनाको १७औँ श्रृङ्खला सम्पन्न

 माघ २७, २०७६ सोमबार १७:५१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - वाद्यवादन तथा गीतसङ्गीतको प्रस्तुतिसँगै सुर साधनाको १७औँ श्रृङ्खला सम्पन्न भएको छ । 

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा आइतबार भएको १७औँ श्रृङ्खलामा एञ्जेला सिंह श्रेष्ठ, नरसिंह लाल श्रेष्ठ, लोकराज राई, अनुप दास, दुर्गाप्रसाद खतिवडा लगायतबाट गायन तथा शास्त्रीय वाद्यवादकको प्रस्तुति भएको थियो ।

 

कार्यक्रममा प्रसिद्ध गायक प्रेमध्वज प्रधान र चलचित्रकर्मी चेतन कार्कीले साँस्कृतिक संस्थानले कलाकारहरुलाई हौसला दिनको लागि खेलिरहेको भूमिकाको प्रशंसा गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया