टाटा शाेरुममा ‘भ्यालेन्टाइन वीक’ : गाडी किन्ने जोडीलाई यस्ता अफर

 माघ २८, २०७६ मंगलबार १४:५४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आउँदै गरेको प्रणय दिवस (भ्यालेण्टाइन्स डे) लाई लक्षित गर्दै ‘टाटा मोटर्स भ्यालेण्टाइन वीक ह्वील्ज अफ लभ’ योजना ल्याएको छ । 

टाटा मोटर्सको थापाथली शाेरुममा फेब्रुअरी १३ देखि १५ सम्म कार्यक्रम आयोजना हुने कम्पनीले जनाएको छ । यस अवधिमा शाेरुममा आउने ग्राहकलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुतिसहित विभिन्न उपहारहरु प्रदान गर्नेछ । 

यस अवधिमा ग्राहकले नयाँ आकर्षक र अत्याधुनिक डिजाइनका टाटाको एच फाइभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

कार्यक्रम अवधिभित्र शाेरुममा आएर टाटाको जुनसुकै मोडलको गाडी खरिद गर्ने ग्राहकहरुलाई कपल माल्दिभ्स भ्रमण, बुकिङ गर्ने ग्राहकलाई हीराकाे औँठी, प्रत्येक भ्याल्युएसनमा परफ्यूमका साथै निःशुल्क जेन्युइन एसेसारिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड ट्याक्सको अफर प्रदान गर्ने कम्पनीले जनाएकाे छ । 

टेस्ट ड्राइभ मात्र गर्ने ग्राहकहरुलाई आकर्षक उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया