नवनियुक्त महानिरीक्षक ज्ञवालीद्वारा दर्ज्यानी चिन्ह ग्रहण

 माघ २९, २०७६ बुधबार १३:३४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह ग्रहण गर्नुभएको छ ।

बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दज्र्यानी चिन्ह लगाई दिनुभएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औँ महानिरीक्षकमा बढुवा गरेको थियो ।

आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आईजीपीमा बढुवा गरेको हो । यसअघि नायब महानिरीक्षक (डीआईजी) रहेका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

दर्ज्यानी चिन्ह ग्रहणपछि आईजीपी ज्ञवालीले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी पारदर्शी तवरबाट सम्पादन गर्न प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारीप्रति पूर्णरुपमा जवाफदेही रहने र कुनै प्रकारको अकर्मण्यता, गैर व्यवसायिक आचरणलाई पूर्णतः निर्मूल गर्ने तथा गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रही गृह प्रशासन मातहतको उत्कृष्ट नमूना संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले जस्तोसुकै चुनौतीमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलका साथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरु प्रतिबद्ध रहेको समेत बताउनुभयो । यससँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया