डिजाेनकाे पाेस्टमा पीएसजीकाे आधा दर्जन गाेल, फ्रेन्च कपकाे सेमिफाइनलमा प्रवेश

 फागुन १, २०७६ बिहिबार ९:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेरिस सेन्ट जर्मेइन (पीएसजी) फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेकाे छ । बुधबार राति भएको खेलबाट पीएसजीसँगै ओलम्पिक लियोन पनि अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

डिजोनको मैदानमा भएको खेलमा पीएसजीले ६–१ को जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेकाे हो । पीएसजीको जितमा पाब्लो साराबियाले दुई गोल गरे भने दुई गोल आत्मघाती भएको थियो । अन्य दुई गोल केलियन एमबाप्पे र थियागो सिल्भाले गरे । 

खेलको ४७ सेकेण्डमै डिजोनका वेस्ले लउटोआले आत्मघाती गोल गर्दा पीएसजीले अग्रता लिएको थियो । १३औँ मिनेटमा मुनिस चुइआरले गाेल गर्दै डिजाेनलाई बराबरीमा पुर्‍याए । 

पहिलो हाफमा इडिन्सन काभानीको प्रहार गोल भए पनि भीएआरले त्यसलाई मान्यता दिएन । पहिलो हाफ सकिनु एक मिनेटअघि केलियन एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

५०औँ मिनेटमा थियागो सिल्भाले गोल गर्दै पीएसजीको अन्तर तीन–एकमा लम्ब्याए । त्यसको पाँच मिनेटपछि पाब्लो साराबियाले गोल गर्दै पीएसजीलाई चार–एककाे अग्रता दिलाए ।

८६औँ मिनेटमा सिनु कउलीबालेले अर्को आत्मघाती गोल गरे । इन्ज्युरी समयमा साराबियाले गोल गरेपछि पीएसजीले सहज जित निकालेको हो ।

अर्को खेलमा ओलम्पिक लियोनले ओलम्पिक मार्सेलाई हराएको छ । होसिम अउबारको दोस्रो हाफको गोल निर्णायक बन्दा लियोनले मार्सेमाथि एक–शून्यकाे जित निकाल्दै सेमिफाइनलमा पुग्यो ।

अउवारले खेलको ८१औँ मिनेटमा गोल गरेका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया