ए डिभिजन लिग : एपीएफ र ब्रिगेड ब्वाइजले अंक बाँडे

 फागुन १, २०७६ बिहिबार १४:५०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलमा एपीएफ क्लब र ब्रिगेड ब्वाइज क्लबले अंक बाँडेका छन् ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा सम्पन्न खेलमा समान अंक रहेका ब्रिगेड र एपीएफले १–१ बराबरी नतिजा निकालेका हुन् । एपीएफका लागि आशिष लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ३२ औँ मिनेटमा आशिष लामाको प्रहारलाई ब्रिगेडका गोलकिपर जिवन भट्टराईले बचाएका थिए । त्यसपछि खेलको ४४ औँ मिनेटमा एपीएफका लागि आशिष लामाले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले पछि परेको ब्रिगेडले दोस्रो हाफमा भने गोल गर्न सफल भयो । ब्रिगेड ब्वाइजले इन्ज्युरी टाइममा गोल गर्न सफल भयो । उसका लागि इन्ज्युरी टाइममा बिजय गुरुङले गोल गर्दै हारबाट जोगाए ।

यससँगै एपीएफ र ब्रिगेड ब्वाइजले अंक बाँडेका छन् । दुवै टिमको १३ खेलबाट समान ९ अंक भएको छ । लिगमा एपीएफले १३ खेलमध्ये २ खेल मा जित,२ खेलमा बराबरी र ८ खेल मा हार बेहोरेको छ भने ब्रिगेड ब्वाइजले पनि १३ खेलमा नै समान २ खेलमा जित, २ मा हार र ८ खेलमा हार बेहोरेको छ । एपीएफका गोलकर्ता आशिष लामाले लिगमा गोल संख्या ९ पुर्‍याएका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया