जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
स्पेनिश क्लब बार्सिलोनाका नयाँ स्ट्राइकर एन्टोएन ग्रिजम्यानले मेस्सीका कारण आफूले राम्राे गर्न नसकेकाे आरोप लगाएका छन् । ग्रिजम्यान लामो समयदेखि बार्सिलोनामा संघर्ष गरिरहेका छन् भने उनले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् ।
ग्रिजम्यान एट्लेटिको मड्रिडबाट गत सिजनको अन्त्यमा १२० मिलयन पाउन्डमा बार्सिलोना आएका थिए ।
ग्रिजम्यानका अनुसार फ्रान्सले २०१८ को विश्वकप जितेको कुरालाई लिएर मेस्सी उनीसँग रुष्ट छन् । उनले मेस्सीमाथि आरोप लगाउँदै उनलाई आफूदेखि इर्ष्या लागेको समेत बताएका छन् ।
‘उनीहरु कोही पनि मलाई गलत भन्न सक्दैनन् । म संघर्ष गर्न छाड्ने छैन र मुस्कुराउन पनि छाड्ने छैन’, ग्रिजम्यानले भने ।
बार्सिलोनामा आएदेखि मेस्सी र ग्रिजम्यानको सम्बन्ध राम्रो नभएको बताइए पनि मैदानमा भने दुई खेलाडीको सम्बन्ध राम्रै भएको देखिन्छ ।