रसुवा भन्सार कार्यालय : सात महिनामा ८५ प्रतिशत राजस्व संकलन

 फागुन १, २०७६ बिहिबार १७:३८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि माघ मसान्तसम्ममा ७ अर्ब ९७ करोड ३५ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । 

यो आर्थिक वर्षमा ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशत राजस्व संकलन गरेकाे कार्यालयले जनाएको छ । 

पछिल्लो समय रसुवागढी नाकाबाट आयात तथा निर्यात गर्नेक्रम बढ्दै गएका कारण राजस्व संकलनमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो ।

कार्यालयका अनुसार गएकाे साउन महिनामा  ४६ करोड ७८ लाख ९१ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा १ अर्ब ३ करोड ५ लाख ४८ हजार रुपैयाँ संकलन भएको थियाे । यस्तै, भदौ महिनामा ९३ करोड ५७ लाख ८३ हजार रुपैयाँ उठाउने लक्ष्य लिएकाेमा १ अर्ब ५१ करोड २६ लाख ९० हजार रुपैयाँ संकलन भएको थियाे । 

असोज महिनामा १ अर्ब ४० करोड ३६ लाख ७४ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा १ अर्ब ३८ करोड ८० लाख ३२ हजार रुपैयाँ उठेकाे थियाे । कार्तिक महिनामा ९३ करोड ५७ लाख ८३ हजार  रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको कार्यालयले १ अर्ब ४७ करोड १ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेकाे छ ।

यस्तै मंसिर महिनामा ९३ करोड ५७ लाख ८३ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकोमा १ अर्ब ९१ लाख ९१ हजार रुपैयाँ  र पुस महिनामामा ४६ करोड ७८ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गर्ने याेजना रहेकाेमा ८२ करोड ८३ लाख ५५ हजार रुपैयाँ संकलन भएकाे कार्यालयले जनाएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया