स्वयम्भूमा ट्याङकर र माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

 फागुन ३, २०७६ शनिबार ७:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको स्वयम्भू, भगवानपाउमा शुक्रबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बा ३ ख ५१३४ नम्बरको ट्याङकर, प्रदेश ३ ०२००४ प ११५१ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा काठमाण्डाैको चन्द्रागिरी नगरपालिका-३ का साइरस गिरीको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका गिरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका काभ्रेको भुम्लु गाउँपालिकाका प्रज्वल ठकुरीको ग्राण्डी अस्पताल धापासीमा उपचार भैरहेको छ । ट्याङकर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया