ए डिभिजनको उपाधि मछिन्द्रलाई

 फागुन ३, २०७६ शनिबार १५:५३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यो वर्षको शहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र  फुटबल क्लबले जितेको छ ।

अन्तिम खेलमा जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिएको मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराएर उपाधि आफ्नो पक्षमा पारेको हो ।

मछिन्द्रले आत्मघाती गोल उपहार पाएर उपाधि सुनिश्चित गर्याे। आर्मीका विकास तामाङले ३४ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । मछिन्द्र १३ खेलमा ३१ अंकसहित च्याम्पियन बन्न सफल भयाे । 

अन्तिम खेलमा बराबरी गरे उपाधि जित्न सक्ने अवस्था रहेपनि आर्मीले बराबरी गोल फर्काउन नसक्दा उपाधि गुमाउन पुगेकाे हाे । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया