अस्ट्रेलियासँगको खेलका लागि प्रारम्भिक टिमको घोषणा : कारबाहीमा परेका ४ मध्ये अञ्जनकाे पुनरागमन

 फागुन ३, २०७६ शनिबार २०:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत अस्ट्रेलियाबिरुद्धको दोस्रो लेगका लागि ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको छ । अस्ट्रेलियासँगको खेल आउँदो चैत १८ गते दशरथ रंगशालामा हुनेछ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालीनले छनोट गरेको प्रारम्भिक टिममा स्टार स्ट्राइकर विमल घर्तीमगर तथा युवा स्टार अविशेक रिजाल समावेश छैनन् । लिगका उत्कृष्ट युवा खेलाडी दर्शन गुरुङ, सर्वाधिक गोलकर्ता आशिष लामा, एरिक विष्ट लगायतका खेलाडीहरुले प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।

ए डिभिजन लिगका उत्कृष्ट गोलरक्षक दीप कार्की भने प्रारम्भिक टिममा समावेश छैनन् । विमलसँगै अनुशासनको कारबाहीमा परेका मिडफिल्डर सन्तोष तामाङ, दिनेश राजवंशीलाई पनि टिममा बोलाइएको छैन ।

कारबाही फुकुवा भएपछि लिगमा मनाङ मस्र्याङदीका लागि उत्कृष्ट प्रदर्शन गरेका अन्जन विष्टले भने टिममा पुनरागमन गरेका छन् ।

 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया