एपीएफलाई हराउँदै आर्मीकाे लगातार पाँचाैं जीत
चैत ४, २०८१ सोमबार
काठमाण्डाै – तराईका केही ठाउँका गहुँ बालीमा फौजी किराको प्रकोप देखिन थालेको छ ।
महोत्तरी, धनुषा लगायत केही जिल्लाका गहुँ बालीमा फौजी किराको प्रकोप देखिन थालेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । गहुँ बालीमा फौजी किराको प्रकोप देखिएपछि कृषिविज्ञसहितको टोली प्रभावित क्षेत्रमा पुगेर फर्किएको छ ।
अहिले गहुँको बाला निस्कने बेला भएकाले बालीमा फौजी किरा लागेकाे वा नलागेको हेरचाह गर्न नार्क अन्तर्गतकाे किट विज्ञान महाशाखाका सूचना अधिकारी सुदिप उपाध्यायले आग्रह गर्नुभयो ।
दिउँसो लुक्ने र राति सक्रिय हुने भएकाले खेतमा भएको झार सफा गर्नुपर्ने, प्रकोप देखिएको ठाउँमा गहुँ काटिसकेपछि मकैको सट्टा अरु बाली लगाउनुपर्ने, खेतको एउटा पाटोबाट अर्को पाटोमा खाडल बनाएर पानी जमाउनुपर्ने र त्यो पानीमा जमेका फौजी किरा नष्ट गर्नुपर्ने, बत्तीको पासो बाल्ने गर्दा फौजी किरा हट्ने उहाँको भनाइ छ ।
फौजी किराले बालामुनिको पात खाइदिने भएकाले बेलैमा ख्याल गर्न किट विज्ञान महाशाखा सूचना अधिकारी सुदिप उपाध्यायको सुझाव छ ।
यस्तै इमामेक्टिन बेन्जोएट ५ एस.जी. ० दशमलव ३ ग्राम प्रतिलिटर पानीमा मिसाइ प्रकोपको समयमा आवश्यकताअनुसार एक–दुई पटक बोट भिज्ने गरी साँझपख स्प्रे गर्न तथा विषादी प्रयोग गरिसकेपछि दुई/तीन दिनसम्म बिहान खेतमा गएर मरेका लार्भाहरु सङ्कलन गरी नष्ट गर्न उहाँले सल्लाह दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।