अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ - उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहितको टोलीले कालापानी, लिपुलेक लगायत भारतसँगको विवादित सीमा क्षेत्रको अवलोकन गरेको छ ।
टोलीले व्यास गाउँपालिकाको छाङरु, तिङ्कर, लिपुलेक लगायत कालापानी क्षेत्रको अवलोकन गरेर सदरमुकाम फर्किएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
अत्यधिक हिउँका कारण हेलिकोप्टर अवतरण गर्न नसकेको र टोलीले हेलीकप्टरबाटै अवलोकन गरेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।
व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा हिमपातका कारण ६ महिना मात्रै मानिस बस्ने गरेका छन् । सुरक्षाकर्मी र स्थानीयवासी भने हिउँ र चिसोका कारण तल झरेकाले त्रिदेशीय सीमा क्षेत्र अहिले मानववीहिन बनेको छ ।
भारत सरकारले भने हिउँमा बस्ने विशेष प्रकारको व्यवस्थापन गरी सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मीहरु राखेको छ ।