अमेरिका जान 'बैंक ब्यालेन्स देखाउनुपर्ने' भन्दै ६० लाख ठगी गर्ने दुई जना पक्राउ

 फागुन ५, २०७६ सोमबार १७:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भक्तपुर - अमेरिका जानकाे लागि 'बैंक ब्यालेन्स देखाउनुपर्ने छ' भन्दै ६० लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । 

रकम ठगी गर्ने ललितपुरको इमाडोल बस्ने बाग्लुङ पै‌युँपाटाका ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रे चौउरेका ३४ वर्षीय गणेश लामालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । 

उनीहरुलाई पीडित सानुमाया लामाको उजुरीका आधारमा खोजी गर्दा लुकेर बसेको अवस्थामा भक्तपुरको ठिमीबाट पक्राउ गरिएकाे महाशाखाका सूचना अधिकृत, प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिनुभयो । 

प्रारम्भिक अनुसन्धानमा उनीहरुले अन्य तीन जनाबाट ७० लाख रुपैयाँ ठगी गरेको पनि खुल्न आएको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया