सिप्रदीकाे विशेष अफर : राताे रङकाे टाटा नेक्सन किन्दा उपहार पक्का

 फागुन ७, २०७६ बुधबार २१:१२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोटर्सकाे नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा नेक्सन किन्दा विभिन्न किसिमका पक्का उपहार पाइने व्यवस्था गरेकाे छ ।

अघिल्लाे वर्ष नेपालमा आएकाे हप्ता नेक्सन गाडी रातो रङमा किन्दा विभिन्न उपहारकाे व्यवस्था गरेकाे हाे । यस योजनाअन्तर्गत मोबाइल फोन, ४० इन्च एचडी टिभी,वासिङ्ग मेसिनतथाडबलडोर रेफ्रिजेरेटरमध्येकुनै एउटा रोजेर लैजान सकिने कम्पनीले जनाएकाे छ ।

यो योजना यस आज बुधबारदेखि आउँदाे बुधबारसम्म लागू हुनेछ ।

टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी भएकाे र सुरक्षाका लागि बाहिरी बनावट र भित्र राखिएको प्रविधिमा विशेष ध्यानपुर्‍याइएको कम्पनीकाे दावी छ ।

२०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागजस्ता विशेषताहरूले आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्ने साथै एरोडाइनमिक सिलुएट भएकाे र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध रहेकाे कम्पनीले जानकारी दिएकाे छ ।


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया