विवादास्पद अडियाे सार्वजनिक भएपछि सञ्चार मन्त्री बाँस्काेटालाई बर्खास्त गर्न काङ्ग्रेसकाे माग

 फागुन ८, २०७६ बिहिबार ११:४१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदकाे विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गाेकुलप्रसाद बास्काेटाले घुस मागेकाे भन्ने विषयमा विवादास्पद अडियाे सार्वजनिक भएकाे छ ।

अडियाे सार्वजनिक भएसँगै सञ्चार मन्त्री बास्काेटाले पदबाट राजीनामा दिनुपर्ने भन्दै चाैतर्फीरुपमा माग उठेकाे छ । यसै क्रममा नेपाली काङ्ग्रेसले पनि प्रेस विज्ञप्ति निकाल्दै सञ्चार मन्त्री बास्काेटालाई पदबाट बर्खास्त गर्न र निष्पक्ष अनुसन्धान प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकाे छ । 

'७० करोड रुपैयाँ कमिसन सञ्चार मन्त्रीले मागेको अडियो `हाम्रा कुरा´ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काङ्ग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ', विज्ञप्तिमा भनिएकाे छ । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदकाे विषयमा ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए l 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया