आज महाशिवरात्रि, पशुपति परिसरमा दर्शनार्थीको घुईंचो

 फागुन ९, २०७६ शुक्रबार ८:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - हिन्दू धर्मावलम्बीले शिवरात्रि पर्व मनाउँदैछन् । फागुन कृष्ण चतुर्दशीका दिन पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीहरुकाे विश्वास रहेकाे छ।

शुक्रबार बेलुकी ५ बजेर ४० मिनेटसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा शुक्रबार बिहानैदेखि दर्शनार्थीको घुईँचो लागेको छ । 

पशुपतिनाथको दर्शन गर्न आज बिहान तीन बजे नै पशुपतिका चार ढोका खोलिएको थियाे । यस वर्ष शिवरात्रिका दिन १० लाखभन्दा धेरै दर्शनार्थीले लाइन लागेको २ घण्टामै दर्शन गरिसक्ने गरि व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले बताउनुभयो । 

अहिले पशुपतिमा दर्शनका लागि पाँचवटा लाइन लगाइएको छ । 

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीमा रहेकाे फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाईन गरी दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया