शुक्रबार काठमाण्डौका यी रुटमा गाडी प्रवेशमा राेक

 फागुन ९, २०७६ शुक्रबार ८:५६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपति परिसरका विभिन्न १० रुटमा गाडी प्रवेशमा रोक लगाएको छ ।

महाशिवरात्रिमा पशुपति परिसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै गौशालातर्फ जाने १० रुटमा गाडी प्रवेशमा राेक लगाइएको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा गाडी चल्ने छैन। 

यस्तै,  लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ र जोरपाटी नारायणटारबाट कोरिडोरको बाटो हुँदै आउने मालवाहक गाडी गौरीघाटतर्फ निषेध गरिने महाशाखाले बताएको छ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया