देशभरकै मौसम बदली : पश्चिमका विभिन्न ठाउँमा चट्याङसहित वर्षा र हिमपात

 फागुन ९, २०७६ शुक्रबार १९:१३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिमी वायुको प्रभावले अहिले देशभरकै मौसम बदली भएको छ ।

बदलीसँगै पश्चिमका विभिन्न ठाउँमा चट्याङसहित वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिममा बिहानैदेखि पानी र हिउँ परेको र काठमाण्डाैसहित मध्य र पूर्वमा दिउँसोपछि पानी परिरहेको महाशाखाका मौसमविद गंगा नगरकोटीले बताउनुभयो ।

आज देशभरकै मौसम बदलीसहित वर्षा र हिमपात गराउने पश्चिमी वायु कमजोर हुँदै जाने भएकाले भोलि शनिबारदेखि मौसम बिस्तारै खुल्दै जाने उहाँको भनाइ छ ।

मौसममा खराबी आएपछि आज दिनभरजस्ताे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको थियाे । भिजिबिलिटीमा थपघट भैरहेकाले उडान प्रभावित भएको हो । उडानका लागि आवश्यक भिजिबिलिटी २५ सय हो । तर भिजिबिलिटी पुग्दा उडान हुने र नपुग्दा रोकिने विमानस्थलले जनाएकाे छ। दिउँसाे राेकिएकाे उडान अहिले भने सुरु भएकाे विमानस्थलले जानकारी दिएकाे छ ।

यसैबीच आज पानी परेपछि काठमाण्डाैमा बढेको प्रदूषण केही घट्ने मौसमविद्ले बताएका छन् । गाडी र कलकारखानाबाट निस्कने धुवाँधुलोका कारण बढ्दै गएको प्रदुषण पानी परेपछि केहि कम हुने मौसमविद्ले बताएका हुन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया