पहिलाे टेस्ट : न्युजिल्याण्डसँगकाे पहिलाे पारीमा भारत १६५ रनमा अल आउट

 फागुन १०, २०७६ शनिबार ६:४९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

न्युजिल्याण्डसँगको शृखलाको पहिलो टेष्ट क्रिकेटको पहिलो पारीमा भारत १६५ रनमा अलआउट भएको छ ।

पहिलो दिन १२५ रन जोड्दा ५ विकेट गुमाएको भारतले दोश्रो दिन थप ४० रन जोड्दै बाँकी ५ विकेट गुमाएको हो ।

भारतका लागि अजिंक्या रहाणेले  सर्वाधिक ४६ तथा मायांक अग्रवालले ३४ रन जाेड्नु बाहेक अन्य खेलाडीले खासै रन बनाउन सकेनन् । कप्तान काेहलीलाई यही खेलमा डेब्यु गरेका काइल जेमिसनले २ रनमै आउट गरे ।

निकै आशा गरिएका पृथ्वी श ले १६, रिशभ पन्तले १९ तथा हनुमा विहारीले जम्मा ७ रन मात्र बनाउन सके । टेस्ट फर्म्याटमा नाम कहलिएका चेतेश्वर पुजाराले ११ रनकाे झिनाे याेगदान गरे ।

बलिङतर्फ न्यूजिल्याण्डका टीम साउदी र काइल जेमिसनले चार-चार विकेट लिए ।

 

 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया