माैसम : आज देशका केही ठाउँमा पानी पर्ने

 फागुन १०, २०७६ शनिबार ७:३६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज शनिबार पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसमविद्ले बताएका छन् ।

आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी पारेको पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै ठाउँमा पानी पर्ने संभावना छ ।

यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा नै हुने उहाँले बताउनुभयो । तर भोलि आइतबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभर नै बादल लागेर केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

यसैगरी पूर्वमा न्यूनचापीय प्रणाली बन्ने र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउने देखिएकाले पर्सि साेमबारदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद् नगरकोटीको अनुमान छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया