पानी परेपछि काठमाण्डाैकाे प्रदूषण घट्याे

 फागुन १०, २०७६ शनिबार ८:१६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शनिबार पानी परेपछि काठमाण्डाैको प्रदूषण केही घटेको छ ।

शुक्रबार काठमाण्डौ रत्नपार्कको हावाको गुणस्तर सूचकांक अक्वा १ सय ६६ माइक्रोग्राम प्रति मिटर क्यूब पुगेकोमा पानी परेपछि गएको २४ घण्टामा रत्नपार्कको अक्वा १ सय ३१ दशमलव १२१ माइक्रोग्राम प्रति मिटर क्यूबमा झरेको वातावरण विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले हावाको गुणस्तर सूचकांक अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने मापदण्ड बनाएको छ । अक्वा १ सय ४० भन्दा माथि रहे बसोबासका लागि अयोग्य हुने उसको निष्कर्ष छ । काठमाण्डौ उपत्यकामा गाडी र कलकारखानाको धुलोसँगै आगोबाट निस्कने धुवाँ प्रदूषणको मुख्य कारक हुन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Raju

    Feb. 22, 2020, 10:48 a.m.

    Tittle inconvenient

  •  0 Reply

तपाईको प्रतिक्रिया