पहिलो टी-२० : एश्टन एगरकाे ह्याट्रिकमा अस्ट्रेलियाद्वारा दक्षिण अफ्रिका १०७ रनले पराजित

 फागुन १०, २०७६ शनिबार १०:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पिनर एश्टन एगरले ह्याट्रिक विकेट लिएपछि अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध पहिलो टी २० मा १०७ रनको फराकिलो जित दर्ता गरेको छ ।

पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । २०१८ मा बल टेम्परिङ काण्डमा परेपछि पहिलो पटक दक्षिण अफ्रिकामा खेलेका स्टिभ स्मिथले कप्तान एरोन फिन्चसँग दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए ।

स्मिथ ४५ तथा फिन्च ४२ रनमा आउट भएका थिए । १९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो भएन । उसका लागि फाफ डु प्लेसीले २४ रन बनाएका थिए ।

दोस्रो ठूलो स्कोरका रुपमा कागिसो राबडाले २२ रन बनाएका थिए । अफ्रिका १४.३ ओभरमा ८९ रनमा समेटिएको थियो । अस्ट्रेलियाका एश्टन एगरले पाँच विकेट हात पारे । यस्तै एडम जाम्पा र प्याट कमिन्सले दुई दुई विकेट लिँदा मिचेल स्टार्कको नाममा एक विकेट रह्यो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया