युक्रेन युद्धबारे ट्रम्पले भाेलि पुटिनसँग कुरा गर्ने
चैत ४, २०८१ सोमबार
काठमाण्डौ - सूर्यविनायक-जडिबुटी सडकखण्डमा निजी, सार्वजनिक र मालवाहक गाडी छुट्टाछुट्टै लेनमा चलाईने भएको छ।
गाडीको आवागमनलाई सहज बनाउन र गाडी दुर्घटना कम गर्न पर्सि बुधबारदेखि छुट्टाछुट्टै लेनमा गाडी चलाउन लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
सूर्यविनायक-जडिबुटी सडकखण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने गाडी बायाँ लेनमा, र निजी गाडी दाहिने लेनमा मात्र चलाउन पाइने व्यवस्था गरिएको लेन कार्यान्वयनका लागि महाशाखाले गठन गरेको अनुगमन समितिका संयोजक सिताराम हाछेथुले जानकारी दिनुभयो ।
छुट्टाछुट्टै लेनबाट गाडी चलाउँदा अहिले भईरहेको जाम घट्नुको साथै दुर्घटना समेत कम हुने संयोजक हाछेथुले बताउनुभयो। उहाँले अहिले भैरहेका धेरैजसो दुर्घटनामा टिप्पर तथा ठूला गाडीले मोटरसाइकललाई ठक्कर दिएको पाइएकोले अब छुट्टै लेन प्रयोग गरेपछि मोटरसाइकल तथा साना गाडीलाई ठूला गाडीले ठक्कर दिने क्रम कम हुने बताउनुभयो ।
यसअघि प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठन गरिएको सुझाव समितिले सूर्यविनायक जडीबुटी सडक खण्डको ट्राफिक व्यबस्थापनमा सुधार गर्न निजी तथा सार्वजनिक गाडीलाई छुट्टाछुट्टै लेन बनाउन सुझाव दिएको थियो ।
समितिको सुझावलाई कार्यान्वयन गर्न ट्राफिक प्रहरी, सडक विभाग, यातायातसँग समन्वय गरी तोकिएको लेन प्रयोगलाई कार्यान्वयन गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।