टिप्परकाे ठक्करबाट दुई जनाको ज्यान गएपछि विराटनगरमा तनाव, टिप्परमा आगजनी

 फागुन २१, २०७६ बुधबार १४:०:३७ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – विराटनगर महानगरपालिका–१९ मा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएपछि स्थिति तनावग्रस्त बनेकाे छ । 

स्थानीयले टिप्पर चालकलाई कडा कारबाही गर्न माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई क्षतिपूर्ति र विराटचोक–घिनाघाट सडकमा टिप्पर आवागमनमा रोक लगाउनुपर्ने माग राखेका छन् । 

अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । साइकल र एम्बुलेन्सबाहेक अन्य सबै खालका सवारीसाधन स्थानीयले चल्न दिएका छैनन् । घटनापछि आक्रोशित स्थानीयले दुई वटा टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनापछि उत्पन्न समस्या समाधानका लागि अहिले वार्ता भइरहेको छ । प्रहरी, प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको हो । 

पुष्पलाल चाेक–विराट चाेक सडकखण्ड अन्तर्गत मिलन चाेकमा टिप्परले ठक्कर दिँदा दुई जनाको ज्यान गएकाे थियो । टिप्परले ठक्कर दिँदा मोरङ ग्रामथान गाउँपालिकाका अटो चालक ४५ वर्षीय बाबुराम सरदार र उनकी ६ वर्षीया नातिनी सबिता सरदारकाे ज्यान गएकाे हाे । 

विराटनगरतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको थियो । प्रहरीले टिप्परसहित टिप्प चालक सुनसरी रामधुनी–५ का ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया