कोटेश्वर–कलङ्की सडकखण्डमा आइतबारदेखि दायाँ–बायाँ लेन लागू हुँदै

 फागुन २८, २०७६ बुधबार १२:७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आउँदो आइतबारदेखि कोटेश्वर–कलङ्की सडकखण्डमा दायाँ–बायाँ लेन लागू हुने भएको छ ।

सार्वजनिक तथा कम गतिमा गुड्ने मालवाहक गाडीलाई सडकको बाँया तथा निजी र साना गाडी तथा मोटरसाइकललाई सडकको दायाँ लेनमा गुड्ने गरी व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एएसपी) भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

दुर्घटना कम गर्नको लागि लेनकाे नयाँ  नियम लागू गर्न लागिएको उहाँको भनाइ छ । कोटेश्वरदेखि कलङ्कीसम्मको १० किलोमिटर सडकमा महिनामा ८० भन्दा धेरै गाडी दुर्घटना हुने गरेको ट्रफिक प्रहरीको तथ्याङ्क छ ।

महाशाखाले कोटेश्वर–कलङ्की सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरिसकेको छ ।

महाशाखाले यसअघि भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्म दायाँ–बायाँ लेन नियम लागू गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया