टाटा मोटर्सको स्प्रिङ्ग बोनान्जा अफर फागुन ३० गतेदेखि

 फागुन २९, २०७६ बिहिबार १४:२३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालकाे लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले स्प्रिङ बोनान्जा कार्यक्रम गर्दैछ ।
कार्यक्रम फागुन ३० गते शुक्रबारदेखि चैत २ गते आइतबारसम्म थापाथलीको टाटा मोटर्सको सो रुममा आयोजना हुनेछ । 
यस कार्यक्रमअन्तर्गत ग्राहकले टाटा मोटर्सको सो रुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाइभ, नेक्सन, टियागो, टिगोर र एनआरजीलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।
कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, जेन्युइन एसेसोरिज, एक वर्षको सवारी कर, गाडीको डेलिभरीमा मोबाइल फोन, प्रत्येक गाडीको मुल्याङ्कनमा कार परफ्युम र डोर प्राइजको व्यवस्था गरिएको छ ।
यसैगरी कार्यक्रमअन्तर्गत प्रत्येक टेस्ट ड्राइभमा २ जनाको लागि चलचित्रको टिकेट तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमलगायतका विशेष आकर्षणहरु रहेको सिप्रदी ट्रेडिङले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया