हाेलीमा अत्यधिक रक्सी खाँदा धनुषामा ६ जनाकाे ज्यान गयाे

 फागुन ३०, २०७६ शुक्रबार ९:४३:३५ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – होली पर्वकाे दिन रक्सी खाँदा धनुषामा ६ जनाको ज्यान गएकाे छ ।   

अत्यधिक मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा पाँच जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक जनाकाे जनाको ज्यान गएकाे प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेका छन् ।

मदिरा सेवन गरेका रमदैयाका तीन जनाको बिहीबार दिउँसो र दुई जनाको राति ज्यान गएकाे इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पप्पु नायकले जानकारी दिनुभयाे । 

उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा परवाहाका गिरिजानन्द झाको रक्सी खाएर वा अन्य कारणले ज्यान गएकाे हाे भन्ने कुराको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

अन्तिम अपडेट: चैत २७, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया