कलङ्की-कोटेश्वर सडकखण्डमा नयाँ लेन नियम

 चैत २, २०७६ आइतबार ८:५७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कलङ्की-कोटेश्वर सडकखण्डमा आइतबारदेखि दायाँबायाँ लेन नियम लागू भएको छ ।

लेन नियमअनुसार यात्रुवाहक बस, टिप्पर तथा ट्रक बायाँ लेनबाट र साना गाडी तथा मोटरसाइकल र स्कुटर दायाँ लेनबाट चलाउनुपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

ठूला गाडीका कारण साना गाडी दुर्घटना पर्ने जोखिम धेरै भएकाले नयाँ लेन नियम लागू गरेको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले यसअघि जडिबुटीबाट सूर्यविनायकसम्मको सडकमा दायाँबायाँ लेन नियम लागू गरेको थियाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया